काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ ।
महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
गाडी बनाउने मेकानिकले सडकबाट टेस्ट ड्राइभ गर्न लगेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको हो । उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ ।
गाडीको च्यासिस नम्बर काटिएको छ । सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ ।
ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लु बुकसमेत बरामद गरेको छ ।
ब्लु बुकमा सांसदको प्रयोजनाका लागि लेखिएको छ । २०५४ जेठ १९ गते बागमती अञ्चलमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लु बुकमा प्रज्ञापन पत्र नम्बर ६७०८ र रजिस्ट्रर नम्बर ५६३६६ उल्लेख छ ।
कानुनतः कुनै पनि सवारी सधानको इन्जिन र च्यासिस नम्बर दर्ता किताबमा जे छ त्यही उल्लेख हुनुपर्छ ।
काठमाण्डाै / वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा तीनका परिवारले १७ लाख ५० हजार क्षतिपूर्ति पाउने भएका छन् ।मृतकका परिवारलाई क्षतिपुर्तिस्वरुप १० लाख, शव ल्याउन तथा काजक्रियाको लागि साढे चार लाख र वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख गरी १७ लाख ५० हजार दिइने छ ।
वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हने र त्यसपछि परिवारको विचल्ली हुने समस्या बढेपछि यस्तो व्यवस्था गरिएको हो । वैदेशिक रोगजार बोर्डको तथ्यांक अनुसार ६ महिनामा मलेसियामा २०७ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसैगरी साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुबेतमा १५, बहराइनमा ६ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ । काठमाण्डु टुडेबाट
वीरगन्ज – वीरगन्ज छपकैया १ का नागेन्द्र ठाकुरले छोरी रिंकुलाई भारत घोडासनका एक युवकसँग विवाद गरिदिन खोजे । त्यसका लागि मिति पनि तय भयो– बैशाख १३ गतेको लागि । रिंकु ठाकुर
तर, विवाहमा छोरीको स्वीकृति थिएन । आफ्नो सहमति बिनै परिवारले विवाहको मिति तय गरेपछि रिंकु प्रहरीको शरणमै पुगिन् । जबरजस्ती परिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी प्रहरीसम्म पुगेपछि बुधबार रिंकुको उद्दार भएको छ ।
१८ वर्षीय रिंकु ठाकुरले आफ्नो सहमतिबिनै घरपरिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी दिएपछि उनलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रिंकुले प्रहरीमा उजुरी दिएपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरिक्षक राजुवाबु श्रेष्ठ , प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटी , माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीको सहितको टोली उनको घरमा पुगेको थियो ।
वीरगन्जस्थित रेडियो तराईमा समाचार वाचिका रहेकी रिंकुले घरपरिवारले जरबजस्ती विवाह गरिदिन खोजेकाले आफू प्रहरीसम्म पुगेको बताइन् । वीरगन्जमा परिवारले तय गरेको विवाहलाई सन्तानले यसरी अस्वीकारै गरि प्रहरी सम्म पुगेको पहिलो घटना भएको बताइन्छ ।
कक्षा १२ मा अअध्ययन रत रिंकुका अनुसार केटाले मात्र ७ कक्षा पढेका छन् । आफू कलिलो उमेरमै विहे गर्ने पक्षमा नरहेको र बिहे गरिदिन लागिएको केटा समेत योग्य नभएको भन्दै उनले आफू तराई मधेसमा हुने यस्ता जबरजस्ती विवाह र बाल विवाहको विरुद्धमा रहेको बताइन् ।
‘मेरो उमेर पनि भएको छैन , म अझै पढ्न चाहन्छु , अहिले म विहे गर्दिन भनेर धेरै रोइ कराइ गरे’ रिंकुले भनिन्, ‘ तर, मलाइ घरमै बन्धक पनि बनाएर राखियो , शारिरिक र मानसिक यातना पनि दिइयो ।’रिंकु ठाकुर
यसरी जबरजस्ती विहे गराइदिने निश्चित भएपछि विद्रोह नै गरेर आफूले घर छाडेको भन्दै उनले भनिन् ,‘ मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा विहे गर्ने विकृति धेरै छन् , अब पनि कति सहने भनेर नै मैले आज यो कदम उठाएकी हुँ ।’
उद्दार गरिएकी रिंकुलाई माईती नेपाल वीरगन्जको जिम्मा लगाईएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । उनल रिंकु जस्तै अन्य युवतीहरुले पनि समाजमा विकृतिको रुपमा रहेको बाल विवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ता खाले विकृति न्यूनिकरण गर्न सकिने बताए ।
माईती नेपालको संरक्षणमा राखिएकी रिंकुको हेरचाह र सम्पूर्ण खर्च माईती नेपालले नै गर्ने माईत नेपालकी संयोजक संगीता पुरीले बताइन् ।
मधेस तराईका धेरै किशोरीहरुको अभिभावकको दबावका कारण विवाह हुने गरेको अवस्थामा यस्ता घट्ना बाहिर आएपछि समाजमा विस्तारै सचेतना फैलिने संयोजक पुरीले बताइन् ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित तथा निर्मित उनको अन्तिम चलचित ‘कोहिनुर’मा समाबेश गीत ‘के म तिम्रो होइन र ? बोललाई नै शिर्षक बनाइ सोहि फिल्मका निर्देशक आकाश अधिकारीले चलचित्र निर्माण गर्ने भएका छन् ।अधिकारीले निर्देशन गर्न लागेको यो चलचित्रका लागि २ नयाँ अनुहारलाई लिइएको छ । यस चलचित्र बाट अधिकारीका भतिजा आर्यन अधिकारी र मरिष्का पोख्रेलले रजतपटमा डेब्यु गर्ने भएका छन् । डेब्यु गर्न लागेकी नया अनुहार पोख्रेलले करिब ४ बर्ष जापानमा कला बिषयमा अध्यापन गरेर फर्किएको बुझिएको छ । उनले यस अघि बलिउड फिल्म ‘यारा’मा समेत काम गरेकी छिन् भने केहि म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’को चर्चित गीतमा बनाउन लागिएको फिल्म कस्तो बन्ने हो आउदो समयले बताउनेछ ।



