एउटी साहसी मधेसी युवती

वीरगन्ज – वीरगन्ज छपकैया १ का नागेन्द्र ठाकुरले छोरी रिंकुलाई भारत घोडासनका एक युवकसँग विवाद गरिदिन खोजे । त्यसका लागि मिति पनि तय भयो– बैशाख १३ गतेको लागि । रिंकु ठाकुर  
तर, विवाहमा छोरीको स्वीकृति थिएन । आफ्नो सहमति बिनै परिवारले विवाहको मिति तय गरेपछि रिंकु प्रहरीको शरणमै पुगिन् । जबरजस्ती परिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी प्रहरीसम्म पुगेपछि बुधबार रिंकुको उद्दार भएको छ ।

१८ वर्षीय रिंकु ठाकुरले आफ्नो सहमतिबिनै घरपरिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी दिएपछि उनलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रिंकुले प्रहरीमा उजुरी दिएपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरिक्षक राजुवाबु श्रेष्ठ , प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटी , माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीको सहितको टोली उनको घरमा पुगेको थियो ।

वीरगन्जस्थित रेडियो तराईमा समाचार वाचिका रहेकी रिंकुले घरपरिवारले जरबजस्ती विवाह गरिदिन खोजेकाले आफू प्रहरीसम्म पुगेको बताइन् । वीरगन्जमा परिवारले तय गरेको विवाहलाई सन्तानले यसरी अस्वीकारै गरि प्रहरी सम्म पुगेको पहिलो घटना भएको बताइन्छ ।
कक्षा १२ मा अअध्ययन रत रिंकुका अनुसार केटाले मात्र ७ कक्षा पढेका छन् । आफू कलिलो उमेरमै विहे गर्ने पक्षमा नरहेको र बिहे गरिदिन लागिएको केटा समेत योग्य नभएको भन्दै उनले आफू तराई मधेसमा हुने यस्ता जबरजस्ती विवाह र बाल विवाहको विरुद्धमा रहेको बताइन् ।
‘मेरो उमेर पनि भएको छैन , म अझै पढ्न चाहन्छु , अहिले म विहे गर्दिन भनेर धेरै रोइ कराइ गरे’ रिंकुले भनिन्, ‘ तर, मलाइ घरमै बन्धक पनि बनाएर राखियो , शारिरिक र मानसिक यातना पनि दिइयो ।’रिंकु ठाकुर  
यसरी जबरजस्ती विहे गराइदिने निश्चित भएपछि विद्रोह नै गरेर आफूले घर छाडेको भन्दै उनले भनिन् ,‘ मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा विहे गर्ने विकृति धेरै छन् , अब पनि कति सहने भनेर नै मैले आज यो कदम उठाएकी हुँ ।’

उद्दार गरिएकी रिंकुलाई माईती नेपाल वीरगन्जको जिम्मा लगाईएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । उनल रिंकु जस्तै अन्य युवतीहरुले पनि समाजमा विकृतिको रुपमा रहेको बाल विवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ता खाले विकृति न्यूनिकरण गर्न सकिने बताए ।

माईती नेपालको संरक्षणमा राखिएकी रिंकुको हेरचाह र सम्पूर्ण खर्च माईती नेपालले नै गर्ने माईत नेपालकी संयोजक संगीता पुरीले बताइन् ।
मधेस तराईका धेरै किशोरीहरुको अभिभावकको दबावका कारण विवाह हुने गरेको अवस्थामा यस्ता घट्ना बाहिर आएपछि समाजमा विस्तारै सचेतना फैलिने संयोजक पुरीले बताइन् ।

0 comments

Write Down Your Responses